साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोलोराडोमा नन्दा शोककाव्यकाे अनुदित संस्करण विमोचन

होमनाथ सुवेदीद्वारा लिखित तथा प्रा.मोहन सिटौलाद्वारा अनुदित यो अनुदित संस्करणको विमोचन  प्रमुख अतिथि डा.नवराज लम्साल, अनेसास बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मालगायतले गर्नभएकाे हाे ।

Nepal Telecom ad

कोलोराडो । नन्दा (शोक खण्डकाव्य)को अंग्रेजीमा ‘NANDA’ अनुदित संस्करण कृति अनेसासको नवौँ अन्तर्राष्ट्रिय सम्मेलन कोलोराडोको यौटा भव्य पुस्तक विमोचन समारोहका बीच विमोचन भएको छ ।

मई २२—२६, २०२६ को सम्मेलनको दोश्रो दिन भएको त्यस समारोहमा १०० जति पुस्तक विमोचन भएका थिए । तीमध्येमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीद्वारा लिखित तथा प्रा.मोहन सिटौलाद्वारा अनुदित यो ‘NANDA’ अनुदित संस्करणको विमोचन वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता प्रमुख अतिथि डा.नवराज लम्साल, अनेसास बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मा र अनेसासका वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले र अनेसासका सलाहकार रोहिणी शर्माले संयुक्त रुपमा गरेका थिए ।

विमोचन कार्यक्रममा कृति लेखक होमनाथ सुवेदी, अनुवादक मोहन सिटौला, सम्पादक महेश पौडेलको पनि उपस्थिति थियो । विमोचन कार्यक्रमका अध्यक्ष लक्ष्मण नेउपाने, सहजकर्ता जापानका रविन शर्मा र पुस्तक सहजकर्ता पुरूषोत्तम सुवेदी थिए ।

चारमहादेशका साहित्यकारको यो सम्मेलनमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, कोलोराडोको बोल्डर सहरका मेयर आरोन ब्रकेट, वेष्टमिनिस्टर सहरकी मेयर क्लेयर केरमेलिया, राधेश्याम लेकाली, पूर्व प्रधानसम्पादक तथा लेखक सुधीर शर्मा, प्रधान सम्पादक बसन्त बस्नेत, सम्पादक बबिता बस्नेत, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष बिपुल पोखरेल, बिबिसी साझा सबालका चर्चित पूर्व प्रस्तोता नारायण श्रेष्ठ, नेपाल अमेरिका पत्रकार समाज (नेजा)का अध्यक्ष सुरज भण्डारी लगायत नेपाल, अमेरिका, युरोप लगायतका देशबाट २०० जना साहित्यकार, लेखक, पत्रकार र संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

“NANDA” यो शोक खन्ड काव्य हो । अनेसासका सँस्थापकमध्ये एक सँस्थापिका थिइन् नन्दा । उनी अनेसासलाई अत्यन्त प्यार गर्थिन् र पतिलाई पनि देव नै मान्थिन् । उनको ब्रेनह्यामरेज भएर जनबरी १५, २०२४ मा देहान्त भयो । त्यसले उनका श्रीमान् होमनाथ सुवेदीलाई शोकसन्तप्त बनायो र उनले श्रीमती नन्दाको स्मृतिमा यो नन्दा खन्ड काव्य लेखेका थिए र नेपाली भाषामा यो जनवरी १५,२०२५ मा प्रकाशित भएको थियो । त्यसैको यो दोस्रो सँस्करण हो । यसमा मोहन सिटौलाको अंग्रेजीमा अनुवाद छ, अनुवादकले अनुवादकको अभिलेखमा नन्दा काव्यको कृति शमीक्षा छ र त्यसैमा नेपाली साहित्यको सारसंक्षेप छ र लेखक होमनाथ सुवेदीको संक्षिप्त जीवनी पनि छ । त्यसैले यो सँस्करण बढी उपयोगी सामग्री सहित प्रकाशन गरी पाठकसामु राखिएको छ ।

यो कृतिको ६५ पृष्ठमा ५८ उच्छ्यास छन् । पत्नी वियोगले पीडित पतिले पत्नीको मृतआत्मालाई नेपालका डाँडाकाँडामा मात्र खोजेका छैनन् कि ग्यालेक्सीदेखि ग्यालेक्सीमा खोज्न पुुगेका छन्, चन्द्रमा, मार्समा र एक्जोप्लानेटमा पनि पुगेर खोजेका छन् र क्वान्टम फिजिक्सका क्वान्टम टनलिङ्ग, इन्ट्याङ्गलमेन्ट, सुपरपोजिसन आदिका आधारमा र समानान्तर विश्वभित्र पसेर पनि उनले नन्दाको खोज गरेका छन् र उनले नन्दालाई बाहिर पाउने हैन आफैभित्रको ब्रह्ममा पाउँछन् र भन्छन्— ‘बाटो भए आऊ, बाटो छैनभने नतर्स, म तिमीलाई त्यहीँ चुम्बन गर्न आउछु ।’ यसरी शोकमा पनि विप्रलम्भ श्रृङ्गारको आनन्द दिएर काव्य अन्त गरेका छन् । काव्य शिक्षा र मनोञ्जन दुबै दृष्टिले पठनीय छ । नेपाली र अंग्रेजीमा सँगसँगै राखिएकोले नेपाली पाठक र अंग्रेजी पाठक दुवैको लागि यौटै किताब हुँदा अझ उपयोगी पनि छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेष्टमिनिस्टरस्थित होटल ड्ररीमा शनिबारदेखि सुरु भएको तीन दिने वृहत् अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सोमबार ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो ।

०००
नारायण भट्टराईकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x