पुरूषाेत्तम सिग्देलतिमी रै’छौ हे भ्रष्ट
सत्ता नभेट्नेले सडकै बालेर तापे हुन्छ
सत्ता भेट्नेले तेह्रौँ पुस्तासम्मलाई च्यापे हुन्छ
मेची काली अनि पूरै सगरमाथा हाल्दा पनि
वजन नपुगे देश सिङ्गै लगाएर नापे हुन्छ
जनतालाई किन पर्यो विकासको मुख हेर्न,
गगनचुम्बी तिम्रै महलमा अझ तला छापे हुन्छ
अनुदान र ऋणको मकै दार्दा दार्दै भुत्तिएका,
दाँतले चपाउँनेछ केही अवधि बेलैमा अर्जापे हुन्छ
अख्तियारसम्म डराइसक्यो तिम्रो छायाँ पर्दा,
तिमी रै’छौ हे भ्रष्ट नेता तिम्ले कहिल्यै नकाँपे हुन्छ ।
जुरोपानी, झापा
Subscribe
Login
0 Comments
Oldest





































