साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाहुनले पनि न्याय पाएनन् ?

Nepal Telecom ad

उहिले
चौबीस थुमकी मास्टर्नी बाहुनीले
आमालाई भनिन्–
“तेरो छोराले कमिनी ल्याउँछ ।”
अपमानवोध भयो
स्याङेले आपत्ति जनायो
चेतावनी दियो–
“यसो नभन है बडेमा, खतरा होला ।”
मास्टरले कचहरी बोलाए
बुद्धिमानीलाई बोलाए
धनीमानीलाई बोलाए ।
गरीबलाई,
खेतालालाई बोलाए ।
बाहुनलाई बोलाए ।
सुब्बालाई बोलाए ।
कामीलाई समेत बोलाए ।
चेखबको छेपारो कथामा जस्तै
सबैले मिलेर फैसला सुनाए–
“खतराको चित्र बनाउने
तँ स्याङे सिधै जेल जान सक्छस्”
स्याङेलाई भयवोध भो ।
सानैमा मास्टरले यस्तो निसाफ सुनाएपछि
वर्गवादी न्याय प्रणाली
बाहुनवादी फैसला
स्याङेलाई चित्त बुझेन
गाउँलेको बहुमतको निर्णयमाथि
स्याङेको विश्वास सकियो ।
अहिले
स्यालजस्तै सहर पसेपछि
स्याङेले
फेसबुकको भित्तो फेला प¥यो
र, पुनरावेदन लेख्यो–
“तिम्रो बाहुनवादी फैसला
मलाई फेरि चित्त बुझेन है मास्टरसा’प ।
मास्टरको कचहरीले
दोस्रो फैसला सुनायो–
तैंले जातिवादी कुरो गरिस्
तैंले विद्युतीय कारोबार गरिस्
तँलाई सीधै जेलमा जाक्नुपर्छ ।
स्याङे अझै निरुत्तरित छ–
“मास्टर सा’प !
म जातिवादी हुँ
या
तिम्रै चौबीस थुमकी बाहुनी ?”
आच्या !
अनशनमा बसेका अधिकारी बाहुन मरेको खबर आयो !
गोरखाका
पहाडिया स्याङे बाहुनले पनि न्याय पाएनन् ?

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x