साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हटाउँछ, कचेराहरू

Nepal Telecom ad

लपक्कै,
तिम्रा आँखामा लागेका कचेराहरू
मेरो कोमल जीब्रोले
चोट नपु¥याई चाट्ने छु
कुनै चोट दिने छैन
बाधा दिने छैन
मेरो थुकले भिजाई भिजाई
तिमीलाई नदुखाई
ल्याप्प, ल्याप्प चाटनेछु मेरै जीब्राले
तिम्रा कचेराहरू
कति सुन्दर होलान्
त्यत्तिखेर,
तिम्रा आँखामा कचेरा नहुँँदा
तिम्रो नकारात्मक सोचाई
मनमा नहुँदा, आँखाले नदेख्दा
अनि, अनि त !
तिमीले मलाई सकारात्मक देख्नेछौ
तिम्रो भ्रम हट्नेछ
नजिक हुनेछौँ
तिमी र म
तिम्रो र मेरो सम्बन्ध
सोच त !
के चाहन्नौ हटाउन आँखाका कचेरा ?
तर म हटाउँछु ÷ हटाउँछु
मेरै जीब्रोले
थुकले भिजाई भिजाई
सुस्तरी, सुस्तरी … ।

पालुङ, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x