साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैंका बृद्ध बाबु

Nepal Telecom ad

आश्विन शुक्लपक्षबाट दशैं पनि आउने
घरघरमा घरमुलीलाई ब्लडप्रेसर बढाउने
बालबच्चाको कुरै छोडौँ नाच्दै रमाउने
निमुखा ती जनावरको बली चढाउने

त्यति मात्र कहाँ हो र कोदो–रस चुसी
जोरजम्मा नयाँ लुगा काट्नै पर्ने खसी
बैंकमा लाईन बसीबसी नयाँ नोट साट्नु पर्ने
मान्यजन सामु निधार तेर्स्याई टीका माग्नु पर्ने

यसैगरी जेनतेन चाड मान्दै गयो
उमेरसँगै आफ्नो पेट खुम्च्याउँदै लग्यो
जब जब सन्तानहरू बढ्दै बढ्दै जान्छन्
उमेरसँगै ठूला भई सक्षम बन्दै जान्छन्

लाखौँ लाख खर्च गरी बिहे गरिदियो
हुर्किदैछन् छोराछोरी घरजम् गरिदियो
आफ्नै आमाबुबा भने पाखा लाग्नु पर्ने
एकै घुट्को पानी पिउन छट्पटाउनु पर्ने

यस्ता बाबुआमालाई चाडवाड आउँदा
हाँस्नु होइन रूनु पर्ने अपहेला पाउँदा
बृद्ध बाबुआमालाई हेला गर्ने छोरा
तिनीहरू छोरा हैनन् अगतिला मोरा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x