साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव पुरस्कार विष्णु प्रभात र धीरेन्द्र प्रेमर्षिलाई

Nepal Telecom ad

नेपाली हास्यव्यङ्ग्य साहित्यमा अनुकरणीय मानक खडा गरेर २०३३ सालमै दिवङ्गत हुनु भएका भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार २०७० का लागि हास्यव्यङ्ग्यकार एवम् समालोचक विष्णु प्रभात प्रदान गरियो । पुरस्कार गुठीद्वारा राजधानीमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले प्रभातलाई उक्त सम्मान प्रदान गर्नु भएको हो ।

सोही समारोहमा भैरव प्रतिभा पुरस्कारले अर्का हास्यकर्मी धीरेन्द्र प्रेमर्षिलाई सम्मानित गरिएको छ । गुठीका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न समारोहमा नरनाथ लुइँटेलले विष्णु प्रभातको बहुआयमिक व्यक्तित्व र योगदानका बारेमा प्रकाश पार्नु भएको थियो । हास्यव्यङ्ग्यमा धीरेन्द्र प्रेमर्षिको योगदानका बारेमा समालोचक रामप्रसाद ज्ञवालीले बोल्नु भएको थियो ।

सम्मान ग्रहण गरेपछि विष्णु प्रभातले नेपाली हास्यव्यङ्ग्यमा भैरव अर्यालको उपस्थिति अभूतपूर्व रहेको चर्चा गर्दै उहाँको नाममा स्थापित पुरस्कार पाउँदा गौरव लागेको बताउनु भयो ।

प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले दुवै हास्यव्यङ्ग्य स्रष्टालाई सम्मानित गर्ने अवसर दिएकामा भैरव पुरस्कार गुठीप्रति आभार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सिस्नुपानीका तर्फबाट डम्बर घिमिरे, धीरेन्द्र प्रेमर्षि, नरनाथ लुइँटेल र सरोज घिमिरेले हास्यव्ङ्ग्यात्मक सिर्जना प्रस्तुत गर्नु भएको थियो ।

२०४६ सालदेखि प्रदान गरिँदै आएको भैरव पुरस्कारको रकम रु. २५ हजार र २०४८ सालदेखि प्रदान गरिँदै आएको भैरव प्रतिभा पुरस्कारको रकम रु. १५ हजार रहेको छ ।

सम्मान समारोह अघि सम्पन्न गुठीको साधारण सभाले रोचक घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । उपाध्यक्षमा विजय चालिसे सहित ११ जनाको नयाँ कार्यसमिति चुनिएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x