साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रे नेतृत्व

Nepal Telecom ad

भतिजा–भतिजी साला–साली
बहिनी–ज्वाइँ ससुरा माली ।
जागिर ठेक्का पायक पारी
जन्तर थोत्रो उही विहारी ।।१।।

सरुवा बढुवा गर्छु भन्दै
ठेक्कापट्टा भनसुन जप्दै ।
ब्रोकर झरिलो जोकर घतिलो
ज्यान लिएछौ कतिको कतिको ।।२।।

लोकतन्त्रको चम्बू भाइरस
भोकतन्त्रमा साक्षत् शाहीरस ।
चाकडी भर्दै चुक्ली कस्दै
घुम्छ केन्द्रमा खरानी घस्दै ।।३।।

खुराफातमा रम्दछ डाँका
मान्छेपिच्छे फेर्दछ भाका ।
व्यभिचारी यो भ्रष्टाचारी
आफैँ धामी बोक्सी मदारी ।।४।।

जब्बर आफू सामन्ती छ
मुटुमा छुरा मुखमा राम छ ।
गणको तन्त्र बोली मात्र
मनमा जङ्गी हिट्लर पात्र ।।५।।

चुस्ने लुट्ने नौला सूत्र
शब्दजालका भ्रष्ट कुपुत्र ।
माइला ठकुरी पथका अगुवा
छोटे राजा सत्ता–चखुवा ।।६।।

राणाहरूकै प्रतिकृति ठूला
जनतन्त्रमा औधी लुला ।
भाषण आसन रासन पाए
संझौतामा मसी सुकाए ।।७।।

सोझा निमुखा जनता मार
संविधान सभा पर–पर सार ।
हिलो छ्याप्दै ढुकुटी लुट्दै
टुट्दै जुट्दै नाटक उस्तै ।।८।।

नारानहिटी बलियो पार
दिल्लीलाई सिरमा राख ।
कुहिरा नेप्टा हात मिलाऊ
देश विनिर्माणको भोटो सिलाऊ ।।९।।

वण्ड अखण्ड रख प्रचण्ड
गिर्जा माधू बोक घमण्ड ।
विस्मृति पथका बटुवाहरू हो !
लोकतन्त्रका घटुवा अरु को ? ।।१०।।

ढीलासुस्ती जनता ढाँट
आउँछ उस्तै शाही ठाँट ।
दर्शन तोडी छोडी जनता
मार्दैछौ रे गरीब ममता ।।११।।

धादिङ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x