साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिब्रो जिन्दाबाद !

Nepal Telecom ad

सुगरको मात्रा चढेपछि
कोल्स्ट्रोल पनि बढेपछि
डाक्टरले भने —
रक्सी त हेर्दै नहेर्नुस्
जिब्रोले खाऔं भन्ला
उसको कुरा टेर्दै नटेर्नुस्
सकेसम्म चिल्लोपिरोमा
आँखा नलाउनुस्
जिब्राले फकाउन सक्छ
जसरी हुन्छ उसको कुरो
पाखा लगाउनुस्
कसरी हुन्छ
यो जिब्रोले मागेको खाँदै नखानुस्
साथीभाइले पनि करकार गर्लान्
बरु पार्टीमा जाँदै नजानुस् ।

डाक्टर साहबले भनेपछि
दुई चार दिन त
जिब्रो पनि चुपचाप नै लाग्यो
तर के भनुँ हजुर
केही हप्ता पछि त
यो जिब्रोलाई मासुको
मध्यपानको भन्दा कडा
तलतल जाग्यो
जति रोक्न खोज्दा झन
दिनहु जिब्रो टोक्याछु टोक्याछु
त्यसैले आजभोलि
जे परे पर्ला भनी
टन्न मासुभात ठोक्याछु ।

जिब्रोले माग्छ
पेटले पनि ताक्छ
जति संझाए पनि मान्दैन जिब्रो
बिचरा शरिरको के लाग्छ ?
राती प्रेसर बढ्यो भने
होस हवास सब भाग्छ
आब त मरी गए खान्न भनेको दिन
घरमा झन मिठो मिठो पाक्छ ।

स्वाद लिन्छ यो जिब्रो
शरिरले दुःख पाउछ
बोल्दा चिप्लाउछ कुरो जिब्रोले
मान्छेलाई समश्या आउछ
आज उमालेको खाउँ भन्दा
झन मिठो मिठो खोज्छ
शाकाहारी बनू भन्दा
मासु मात्र रोज्छ ।
साकाहारी मुर्दाबाद
तरकारी मुर्दाबाद
मम जिन्दाबाद
छोइला जिन्दाबाद
सेकुवा जिन्दाबाद
घ्यूमा पकाको
ठेकुवा जिन्दाबाद
जिब्रो जिन्दाबाद ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x