साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिचरा महादेव

Nepal Telecom ad

घर बाहिर
महादेवलाई देखेपछि
कति हुरुक्क हुन्छन्
कति फुरुक्क हुन्छन्
तर घरभित्र
श्रीमतीहरू बुरुक्क हुन्छन्
के शक्ति रहेछ पार्वतीमा
बिचरा महादेव थुरुक्क हुन्छन् ।

घर बाहिर
महादेव भनेपछि
कति खुरुक्क सुन्छन्
कति तुरुक्क रुन्छन्
तर घरभित्र
श्रीमतीहरू जुरुक्क हुन्छन्
के भक्ति रहेछ पार्वतीमा
बिचरा महादेव लुरुक्क हुन्छन् ।

घर बाहिर
महादेव भनेपछि
कति डरले पुलुक्क हेर्छन्
कति नबोली सुलुक्क टेर्छन्
तर घरभित्र
श्रीमतीहरू भुलुक्क हुन्छन्
के जुक्ति रहेछ पार्वतीमा
बिचरा महादेव छुलुक्क हुन्छन् ।

घर बाहिर
महादेवलाई भेटेपछि
कति मोहित हुन्छन्
कति सम्मोहित हुन्छन्
कति घायल हुन्छन्
तर घरभित्र
श्रीमतीहरू तातो टायल हुन्छन्
के युक्ति रहेछ पार्वतीमा
बिचरा महादेव हायल कायल हुन्छन् ।

घर बाहिर
महादेवलाई देखेपछि
कति मुसुक्क हाँस्छन्
कतिले खुसुक्क डाक्छन्
तर घरभित्र
श्रीमतीहरू ठुसुक्क हुन्छन्
के ओखती रहेछ पार्वतीमा
बिचरा महादेव लुसुक्क हुन्छन् ।

दाङ, हाल– काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x