बद्रीप्रसाद दाहाल ‘भस्मासुर’ठालूहरूको सहमतिको ड्रामा ?
भालु नाच सिध्याएर, ठालू लाखापाखा
होटल रिसोर्ट रित्याएर, देखाए तमासा ।
चुच्चे ढुङ्गो उही टुङगो, फुस्सा वर्ष दिन
लिँडे ढिँडे शीर्ष काजी, जान्छन् तिम्रा दिन ।।१।।
अडान चै घाघडान, विदेशीका पुत्ला
सहमति अझ भन्छौ, टाउको मात्र फुट्ला ।
पानी मरुवा नामर्द हो, छोड सहमति
संविधान सभाले नै, दिन्छ सहमति ।।२।।
शीर्षलाई तीर्थ हैन, रौरव ठान्नु पर्छ
टाउके लाउके जे जति छन्, कौरव मान्नु पर्छ ।
सभासद सभ्य बन, हुइप् पछारेर
बोल अब संसद्भित्र, विवेक् उमारेर ।।३।।
जनताले चुनावमा, जस्तो मत दिए
त्यस्तै गर सभासद, शीर्ष सबै खिए ।
ठालूको नै दास बनी, सभा बरालेमा
हामी क्षमा दिने छैनौ, द्वन्द्व उमारेमा ।।४।।
सभासद सभ्यता हो, पुतली त हैन
मालिक् नोकर् सम्बन्ध त, कैल्यै हुँदै हैन ।
सभासद्को क्षमताको, परीक्षा छ अब
हुती अब नदेखेमा, जिउँदै हुन्छौ शव ।।५।।
धादिङवेँसी
Subscribe
Login
0 Comments
Oldest







































