साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविको मृत्यु

Nepal Telecom ad

एकाविहानै, मुर्दा शहरको एक कुनामा
भेटिए सयौँ बेवारिसे लासहरू
मेरा निसास्सिएका आदिम सपनाहरू
हिँजै मरिसकेछन्
शदियौँदेखि जून उदाएकै हो आकाशमा
उदाइरहेछ आज पनि
र पक्कै उदाउनेछ भोलि
आगनभरि छरिएको जूनभित्र
आशाको खेती गर्थे कविहरू
रापिन्थे उनीहरू दिनभरिको चर्को घाममा
र हरेक साँझ
शीतलताको अघाउँजी बयान गर्थे
आज छरिएको छैन जून
कुनै पनि कविको आगनमा
मानौँ
यतिखेरको जून
विद्रोह गरिरहेछ कविसँग
एकाबिहानै मुर्दा शहरको एक कुनामा
भेटिए सयौँ बेवारिसे लासहरू
बेखबर छ शहर !
आशाको खेती गर्ने एक हुल कविहरू
हिँजै मारिएछन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x