सुलसुलेफित्कौलीका नयाँ विशिष्ट सदस्य
नेपाली हास्यव्यङ्ग्यको सम्बर्धन एवम् उत्थानमा शततः समर्पित ‘फित्कौली’को हास्यव्यङ्ग्य अभियानलाई धेरै स्रष्टा एवम् शुभेच्छुकहरूले सघाई रहनुभएको छ । उहाँहरूकै सद्भावपूर्ण सहयोग र मायाँले फित्कौली आजको अवस्थासम्म आइपुगेको हो । उहाँहरूकै उत्प्रेरणाले हामी जाँगर बटुलेर नेपाली हास्यव्यङ्ग्यमा दत्तचित्त भएर लागिरहेका छौँ ।
विगत नौ वर्षदेखि प्रकाशित हुँदै आएको ‘फित्कौली’ वेभसाइटमा प्रवेश गरेपछि यसको लोकप्रियताले शिखर चुमिरहेको हामीले महसुस गरेका छौँ । विश्वव्यापी रूपमा यसका ‘भिवर्स’ बढी रहेका छन् । हरेक दिन ३ हजार भन्दा बढी ‘हिट्स’ प्राप्त भइरहेको फित्कौलीको यस अभियानमा कुनै न कुनै प्रकारले जोडिन चाहनेहरूको सङ्ख्या पनि बढी रहेको छ ।
यसै क्रममा साधुराम खड्काले स्वेच्छापूर्वक फित्कौलीको नयाँ विशिष्ट सदस्यता ग्रहण गर्नु भएको छ । हास्यव्यङ्ग्य सिर्जनामा समेत रुचि राख्ने काठमाडौं, बुढानिलकण्ठ निवासी खड्काप्रति फित्कौली आभार व्यक्त गर्दछ । यस सुखद अवसरमा देश/विदेशमा रहेका रहेका फित्कौलीका पाठक एवम् शुभेच्छुकहरूलाई यस हास्यव्यङ्ग्य अभियानमा उदारतापूर्वक जोडिन हामी हार्दिक आव्हान गर्दछौँ । जय हास्यव्यङ्ग्य ।
Subscribe
Login
0 Comments
Oldest











































