साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्यालय त ससुराली भो

Nepal Telecom ad

आज अड्डाको काम पैसा भो
तलब त कर्मचारीको खाजा भो ।
जनताको काम भन्दा
टेबलमुनिको नगद प्रिय भो ।
नियम कागजमा सीमित
बोल्ने उल्टै बदनाम भो ।
कसले सुन्ने पुकार
निरीह जनता ट्वाल्ल भो ।
निवेदन गर्ने कसलाई
सुन्ने अन्धो बहिरो भो ।
अख्तियार पनि यहाँ
सानाका लागि काल भो ।
खुलेआम हेर्नुहोस् त
नापी माल नोट भो ।
सोझो गाउँले गरोस् के
सानो काम पहाड भो ।
कहीँ नोट कहीँ चोट
जनता मात्र घायल भो ।
के हाकिम के कर्मचारी
कार्यालय त ससुराली भो ।
सोझासाझा जनताका लागि
आज अड्डा तारीख भो ।
भन्सार टक्सार यहाँ
सबको पहिलो तारो भो ।
एउटै डिग्री भए पनि
कसैलाई किन बाँच्न गाह्रो भो ?

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x