साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्जेर के हुन्छ र ?

Nepal Telecom ad

टोक्ने हिम्मत छैन कुक्कुर भने, बेकार हो भुक्नु ता
जुध्ने हिम्मत छैन डुग्रनु यहाँ, बेकार साँढे गधा ।
ढल्केकी वय अङ्गना जतिसुकै, शृङ्गारमा चम्किँदा
प्रेमीका मन कल्पिदैन कहिल्यै, वैली सकेका हुँदा ।।१।।

भो–भो गर्जन छोड, बन्धु अब ता, खोक्रो भयौ बादल
वर्षा गर्न सकेन कानुन नयाँ, छोक्रा भए है दल ।
मात्रै क्रान्ति पिलाउने मन गरी, दौडी नहिंड्नु अब
खुट्टी देखिसक्यौँ नखोक अगुवा, हेर्छौं तमासा सब ।।२।।

रोल्पा, दाङ, महोत्तरी जति थरी, जिल्ला र ठाउँ घुम
नारा प्यून तयार छैन जनता, गम्भीरताले बुझ ।
जस्मा दर्शन मूल्य त्याग नरही, ब्यापार नीति बढ्यो
सामन्ती मदमत्त भो मनभरि, सिद्धान्त पूरै सड्यो ।।३।।

त्यस्ता दुष्ट लघार्छ, शिष्ट जनता, जिल्ला नजाऊ अब
कोही मर्न तयार छैन जनता, नेता चिन्यौँ जब्बर ।
जस्तै भाषण भेल ली पुग तिमी, मेची महाकालीमा
श्रद्धाभक्ति चढाउँदैन जनता, भद्दा महाजालीमा ।।४।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x