साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दधीचि काठमाडौँ

Nepal Telecom ad

जुन थालमा खायो हजुर त्यही थालमा थुक्यो
जसको काखमा बसेको छ त्यसैलाई घुक्यो
मलाई नै दुर्मति, बेइमान भन्दै फुक्यो
गाउँफर्क इमान देखाई भन्दा यहीँ लुक्यो ।

सर्वाङ्ग नाङ्गो बनी सबै दिए हजुर !
सुख शान्ति सर्वस्व दिनु भयो कि है कसूर ?
मुखमा भने रामराम बगलीमा छुरा
जसको सिता खाएका छौ त्यसकै काट्छौ कुरा ।

सुन्दर थिएँ, शान्त थिएँ, बग्थेँ कलकल
च्याउजस्तै उर्मिएका थिएनन् है घर
लहलह धान झुल्थे तोरी फुल्थे त्यस्तै
सबैसबै भन्ने गर्थे स्वर्ग होला यस्तै ।

नाङ्गो खुट्टा, नाङ्गो आङ लिई आयौ तिमी
मेरै दयामायाले बन्यौ रिमीझिमी
सर्प रहेछौ मलाई डस्ने दूध दिए हाय !
गाउँ फर्क मेरोभन्दा गाउँको माया भए ।

मेरै छाती कुल्चेका छौ मलाई रोप्छौ छुरा
कठै ! तिमीले छोडी आयौ गाउँमा बूढा लुला
सक्ने भए फर्क गाउँ त्यहीँ बाल बत्ती
बसेकै डुङ्गा प्वाल पार्ने कस्तो हौ असत्ती ?

इमान लेख, इमान बोल, इमानले न्वाऊ
साँच्चै गाउँको माया भए त्यतैतिर जाऊ
मेरै लाम्टा लुछाचुँडी उल्टै धस्छौ घुँडा ?
भन मेरो सुन्दरता कसले हो चुँ’डा ?

औकातमा रही मात्र छ्याप्नू तिमीले हिलो
मैले त समान रूपले बाँडेको हुँ कुलो
निकम्मा र बेइमान भन्दै नछ्याप्नु है धूलो
दधीचि हुँ काठ्माडौँ म किमार्थ होइन अपूरो ।

बुद्धनगर काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x