साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देख्यो कस्ले त्यहाँ !!

Nepal Telecom ad

बैमानीको झुठो शहर देख्यो कस्ले त्यहाँ !
अमृतभित्र थियो जहर देख्यो कस्ले त्यहाँ !

विद्धुत माग्छन् पराइसँग ती हात फैलाएर !
आफ्नै देशका नदीहरू देख्यो कस्ले त्यहाँ !

आँसु छुपाई हाँस्दै बाँच्ने लाचार विधवा को !
कस्तो थियो मनको रहर देख्यो कस्ले त्यहाँ !

सडकमा रात बिताउने अवोध बच्चाहरूको !
कठ्याङ्ग्रिने चिसो प्रहर देख्यो कस्ले त्यहाँ !

सामन्तवाद तोडी देश नवीन बनाउने !
सहिदको मिठो ठहर देख्यो कस्ले त्यहाँ !!

हाल– मलेसिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x