मरुभूमि नारायणइमान बेच्न पछि पर्दिन म
हरिया नोट पाए इमान बेच्न पछि पर्दिन म
सोझो छु चाहिने भन्दा नचाहिने गर्दिन म ।
यता जाऊँ हेलिकप्टर उता जाऊँ कार
भोट माग्न जाँदा गाउँमा नदी तर्दिन म ।
मोज गर्नु राता–रात धनी हुनु मेरो लक्ष
विदेशीको भन्दा स्वदेशीको मनै हर्दिन म ।
सामान्य विषय हो बाघ भालु अजिंगरको
हतियार त साथी हुन् डराउँदै डराउँदिन म ।
बम बारुद त केही होइन कालै डराउँछ
अजम्बरी छु मित्र त्यत्तिकै त्यसै मर्दिन म ।।
मैले जस्तै जीवन पाउनु चानचुने होइन
खाली खुट्टा एक इन्च तलमाथि सर्दिन म ।
तनहुँ
Subscribe
Login
0 Comments
Oldest





































