साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहारा

Nepal Telecom ad

आफ्नै अनुहार हेर्न पनि
चाहिने रहेछ, ऐना
ओ, साथी
एक्लै–एक्लै दगुरिरहेछौ, कहाँसम्मका लागि ?
दौडेर एक्लै पहिरिनु छ, कुन विजयको माला ?
एक्लै चढेर, चुम्नु छ कत्रो उचाइ ?
वा देखाउनु छ कसलाई ? साहसको हिमाल
केही क्षण सौचौँ,
यी फूलमा रङहरू, क–कसको मेहनतले रङ्गियो ?
काफल, ऐँसेलुको दानामा
क–कसले भरिदयो ? यति मिठो स्वाद
हिमाल हुनुमा, पहाडको थुप्रो
हिउँको तपस्या कति छ ?
उभिनुमा यी रुख, जमिनमाथि
माटोको भूमिका हो के ?
उज्यालो भएर हाँस्नुमा, दिन
घामले बोकेको कष्ट कस्तो हो ?
कति सजिलै सोध्छन्, सोध्नेहरू
किन एक्लै कराइरहेछ मृग
अनौठो आवाजले जंगलमा
जो, झुक्किएर छुटेको थियो बथानबाट
स्कुस, चिचिन्नो, घिरौँलाको लहराले
किन खोजेका हुन् ? थाङ्ग्रोको आड
हजुरआमाको मृत्युपश्चात
हरपल किन साथै रहन्छ ? हजुरबाको लौरो
घरको दलिनमै आएर गौँथलीले
किन बनाउँछे ? आफ्नो गुँड
वा, के–के आशाले बनाउँछ ?
एउटा साथीले अर्को साथी
भो छोडौँ,
अनेक प्रश्न, एउटै उत्तरको यो खेल
पछि हिँड्ने हामीहरूलाई कहिल्यै नभेटिने गरी
छोड्छु भन्ने र छोडिजाने,
एक्लै जून टिप्छु भन्ने
प्रत्येकले उत्खनन गरून्
डाइनोसोरको समय ।

रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x