कलानिधि दाहालमेरो मृत्युपछि
म बाँचुन्जेल
सास छउन्जेल
मलाई माया गर्ने लामखुट्टेहरू
मलाई चित्कार गर्ने मित्रहरू
छक्याएर लोकाचार देखाउने वैरीहरू
मेरो मृत्युमा
आँसु छचल्काएर आँखाभरि
मलामी जान तम्सेका छन् ।
पिरैपिरले थलिएका बेला
शासनसँग लुक्दै हिँडेको बेला
मलाई घृण गर्नेहरू
सहानुभूति उमारेर
मेरो आत्माको चीर शान्तिका लागि
मौनधारण गर्दै
समय क्रममा हारेर
धनदौलथ थुपार्न नसकेकोमा
मलाई खुचिङ भन्ने आफन्तहरू
मेरो मृत्युपछि
मेरो चितामा श्रद्धाञ्जली दिन
ओर्लिदैछन् हतार हतार
सास रोकी हेरिरहेछु
भद्रभलादमीहरूका लोकाचार
आँसुभित्र लुकेको हाँसो
एउटा आडम्बरी संस्कृति ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































