साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो मृत्युपछि

Nepal Telecom ad

म बाँचुन्जेल
सास छउन्जेल
मलाई माया गर्ने लामखुट्टेहरू
मलाई चित्कार गर्ने मित्रहरू
छक्याएर लोकाचार देखाउने वैरीहरू
मेरो मृत्युमा
आँसु छचल्काएर आँखाभरि
मलामी जान तम्सेका छन् ।
पिरैपिरले थलिएका बेला
शासनसँग लुक्दै हिँडेको बेला
मलाई घृण गर्नेहरू
सहानुभूति उमारेर
मेरो आत्माको चीर शान्तिका लागि
मौनधारण गर्दै
समय क्रममा हारेर
धनदौलथ थुपार्न नसकेकोमा
मलाई खुचिङ भन्ने आफन्तहरू
मेरो मृत्युपछि
मेरो चितामा श्रद्धाञ्जली दिन
ओर्लिदैछन् हतार हतार
सास रोकी हेरिरहेछु
भद्रभलादमीहरूका लोकाचार
आँसुभित्र लुकेको हाँसो
एउटा आडम्बरी संस्कृति ।

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x