साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्यानमारा जिन्दगी

Nepal Telecom ad

जिन्दगीले आजसम्म जत्तिलाई भेट्यो
सप्पैलाई मारेरै छोड्यो
कस्तो ज्यानमारा जिन्दगी !

सुरुको सम्झना छैन, अन्त्यको पत्तो छैन,
न फेद, न टुप्पोको यो जिन्दगी
भेटेपछि नमारी नछोड्ने
रोगको पनि बाउ भोग यो जिन्दगी
कस्तो ज्यानमारा जिन्दगी !

“आहा ! जिन्दगी” देखि “थुक्क जिन्दगी” सम्म
“यो के जिन्दगी ?” देखि “यही हो जिन्दगी” सम्म
जहाँ जसरी जसलाई भेटे पनि जिन्दगी
नमारी नछोड्ने कस्तो ज्यानमारा जिन्दगी !

रोउ कि रमाऊ, बिगार कि बनाऊ, माया गर कि घिनाऊ,
जे गरे पनि नमारी छोड्दैन जिन्दगी
कस्तो ज्यानमारा जिन्दगी !

सोध्छन् जिउँदाहरू,– “के हो जिन्दगी ?”
जिन्दगी जिउनेसँग नै परिचित छैन जिन्दगी
न अर्थ, न व्यर्थ, सिङ न पुच्छर,
फेद न टुप्पो, साथी न शत्रु,
खोई, के हो के हो यो जिन्दगी ?
नमारी छोड्दैन जिन्दगी,
कस्तो ज्यानमारा जिन्दगी !

के छैन यो जिन्दगीमा ? के छ यो जिन्दगीमा ?
यी दुवै प्रश्नको उत्तर मानिसले खोज्न थालेको युगौँ युग भयो
खोजी जारी छ, टुङ्गिएको छैन
आहा, ओहो, यो हो, त्यो हो, के हो जिन्दगी ?
खोइ, के हो के हो यो जिन्दगी ?
नमारी छोड्दैन जिन्दगी,
यस्तो ज्यानमारा जिन्दगी !

बत्तिसपुतली, काठमाडौं

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x