साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुच्छर

Nepal Telecom ad

हल्ला गर्दै हल्लिरन्छु म हुँ हवल्दार
दायाँ बायाँ, दायाँ बायाँ गर्छु बारम्बार
उति धेरै महत्व छ जति लामो ताँती
चानचुने कस्ले ठान्छ ? म नेताको साथी ।

चाल पाएका छैनौ क्यारे पुच्छरको रिस
मेराा सामु केही हैन गोमनको विष
वृत्ति विकास गर्ने भए गर मेरो पूजा
नत्र भने तिम्रो भाग्य हुन्छ धुजा धुजा ।

ताल पर्दा इन्द्रजीत यस्मै बाँधिएथ्यो
रावणको लङ्का समेत यस्ले डढाएथ्यो
जताततै देखिँदैछ बाँकी अझै जल्न
पुच्छरहरू एक बनौँ आफ्नै घर पोल्न ।

इमान र जमानको कैले हुन्थ्यो भाउ
जाल हान्ने खुट्टा तान्ने मन्त्र सिक्न आऊ
छेपारोले फेरै जस्तो फेर्नु पर्छ रङ्ग
तब पर्छन् पुच्छरका मालिकहरू दङ्ग ।

हल्ला गर्दै हल्लिरन्छु म हुँ हवल्दार
दायाँ बायाँ, दायाँ बायाँ गर्छु बारम्बार
हाति छिर्यो म अड्किने छैन अब दुलो
हेर्दाहेर्दै बनिसकें जुँगा भन्दा ठूलो ।

कलङ्की, काठमाडौं

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x