साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपराधी र नेता !

Nepal Telecom ad

राशिफल हेर्दा मधुर भोजन लेखेको थियो । मधुर भोजनको अर्थ मिठाइ नै हुन्छ भन्ने क्यै छैन । राजनीतिमा मूल्य र मान्यता हराए जस्तै शब्दहरूको अर्थ पनि फेरिँदै जान्छ । राशिफलले आजको साँझ रमाइलो होला जस्तो लाग्यो । पर्खि बसेँ… !

नभन्दै चितुवा कराउनु र बाख्रो हराउनु ठ्याक्कै मिल्यो । एकजना वरिष्ठ प्रहरी अधिकृतले साँझमा ‘खाजा साजा खाऔँ ।’ भन्ने कर्णप्रिय प्रस्ताव राखे । राशिफल लेख्ने लठेब्राहरूको लरबरिएको खुट्टो पनि कहिलेकाहीँ ठिक ठाउँमै पर्दो रहेछ भन्ठानेँ ।

सूर्य अस्त नेपाल मस्त ! हामी पनि रमाइलो वातावरणमा मस्त थियौँ । मस्त मस्त भैसकेका थिएनौँ । टेबिलमा सजिएका पेय र खाद्य पदार्थले हामी भित्रको भीमसेनलाई जिस्काउन थालेको थियो ।

मैले यसो फुर्सत मिलाएर सोधेँ (म प्रायः खानपिन गर्दा बेफुर्सदी हुन्छु ।)– प्रजातन्त्रको पुनर्वहाली र प्रहरी विभागमा तपाईंको बहाली सँगसँगै भएको र’छ ! कस्तो लाग्यो त ?

‘मलाई त खसीको भन्दा कुखुराको सेकुवा मिठो लाग्यो ।’ प्रहरी हाकिमले आफ्नो ‘सेन्स अफ ह्यूमर’ को परिचय दिए ।

‘धत्तेरी मैले त तपाईंको अनुभव पो जान्न खोजेको !’ म पनि कुखुराकै सेकुवातिर लम्केँ ।

उनले आफ्नो विभागको सत्य सेवा सुरक्षणम्को किरिया खाएर भने– हेर्नुस् सर, तपाईंलाई के ढाँट्नु । म आफ्नो आठ वर्षको अनुभव भन्छु । पार्टी कार्यकर्ताहरू त चोर, डाँका, गुण्डा मात्र हुँदा रे’छन् ।

‘कसरी यस्तो निष्कर्षमा पुग्नु भो ?’ मैले आश्चर्य मिश्रित प्रश्न गरेँ ।
पार्टी नेताहरू यस्तैका मात्र सिफारिस गर्छन् । अपराधीहरूलाई नेताले आफ्नो ठान्ने रे’छन् । अपराधी र नेताहरू बीच कस्तो सुमधुर र प्रेम हुँदो रहेछ । मेरो विचारमा प्रेमको असली मर्म त अपराधी र नेताहरूले मात्र बुझेका छन् । कवीरदासको अढाई अक्षरको प्रेमलाई बुझ्ने यिनै दुईथरि हुन्– अपराधी र नेता !– उनले दार्शनिक कुरा गर्न थाले । चैलेञ्जेरले छोएछ भन्ठानेँ ।

‘खाँदाखेरी धेरै बोल्नु आफ्नै स्वास्थ्यका लागि बेठिक’ भन्ठानेर मैले प्रतिवाद गरिन ।
बारा, हाल थानकोट, काठमाडौं

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x