साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजभोलि यस्तो लाग्छ

Nepal Telecom ad

आजभोलि यस्तो लाग्छ, चुकेको छ देश मेरो
आफ्नो गौरव बिर्सिएर, झुकेको छ देश मेरो ।

पिता पुर्खा लडे सधैं, अस्तित्वको रक्षा गर्दै
कहाँ पुग्यो गाथा ऐले, लुकेको छ देश मेरो ।

झलमल्ल बस्छन् अरू, हामी बस्छौं अँध्यारोमा
धनी भन्छन् जलश्रोतको, सुकेको छ देश मेरो ।

चोर बस्छन् चौतारीमा, दुख पाउँछ सज्जनले
अशक्त र निमुखामा, भुकेको छ देश मेरो ।

कोही पुगे चन्द्रमामा, कोही पुगे मङ्गलतिर
सबै छोडी कुर्सी मात्रै, ढुकेको छ देश मेरो ।

मिली सके माटो सँगै, सहिदका स्वप्ना सबै
चोखो आत्मा रुँदै रुँदै, थुकेको छ देश मेरो ।

झुक्दैन याँ सगरमाथा, न त झुक्छन् बुद्ध हाम्रा
झुक्नु हुन्न नेपालीले, फुकेको छ देश मेरो ।

पुरानो नैकाप, काठमाडौं
हाल– रोचेस्टर, न्युयोर्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x