साइबर अपराध सम्बन्धी सचेतना सामग्री

र त गाह्रो भयो

Nepal Telecom ad

पानी हो मन कुनै रंग छैन र त गाह्रो भयो ।
मनको लगाम आफैसँग छैन र त गाह्रो भयो ।

यति सानो मुटुभित्र अटाएन तिम्रो माया
माया राख्ने अर्को अंग छैन र त गाह्रो भयो ।

तिम्लाई पाउन जले कति धुवाँ धुवाँ शहर भयो
पाएपछि कोही दंग छैन र त गाह्रो भयो ।

तिम्रो नाम लिएर म ध्यानमा यति मस्त हुन्छु
तिमी आउँदा ध्यान भंग छैन र त गाह्रो भयो ।

कैले भूल गर्छु यस्तो कैले भूल गर्छु त्यस्तो
माया गर्ने मेरो ढंग छैन र त गाह्रो भयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x