साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान सभामा सम्राट

Nepal Telecom ad

संविधान सभाको इतिहासमा
यो पहिलो घट्ना थियो
एउटा सम्राटको आदेशमा
कुर्सीहरू तोडिँदै थिए
निर्धक्क भएर
सामन्त पछारे झैँ
संविधान सभाका सभासद्हरूमा
खलबली थियो
—‘जङ्गलका हुन् शहरकाको के औकात ?’
‘रुप रङ्गले त सभ्य जस्ता देखिन्छने’
‘देखिएका मात्र हुन् कि यथार्थमै छन् ?’
बिस्तारै बिस्तारै मुस्कुराउन थाले सम्राट
सम्राटले चारैतिर हेरे
जताततै भाँचिएका थिए कुर्सी
थिएनन् माइक पहिलेकै स्वरुपमा
साक्षीको कानेखुशी आवाज थियो
—‘बार बर्ष त ढुग्र्रोमा राखेकै हो’
‘सावुनले धोए पनि कागै हो’
‘अझ टाउकामा चढाऊ’
‘अब न नेपाल रहनेछ
न नेपालीपन’
‘विनाश नजिक छ’
जनताको मतको अपमान
जनताको विश्वास भाँचिएको छ
‘सुराकी’को नाममा हिजो मारेकै हुन्
निहत्थालाई यातना दिएकै हुन्
र आज पनि छाडेका छैनन् किन ?
सोची रहेको छ सम्राट
‘बन्दुकको नालबाट सत्ता प्राप्ति हुन्छ’
यसको आधार तिन–आठ नियम खै
अल्पमत बहुमतको मातहत
यो नारामात्र रहेछ
कार्यकर्तालाई भुलाउने
आफ्नो दुनो सोझ्याउने
किन सम्राट नियमभन्दा माथि छ
कि नियम नै चाहिँदैन सम्राटलाई
कि जे गरे पनि हुन्छ सम्राटले
असनमा छाडिएको साँढे हो कि सम्राट ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x