साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सांसद्हरूलाई प्रश्न

Nepal Telecom ad

हे हे सांसद हो गरीब जनता झुक्याइ ढाँट्छौ किन ?
मागी भोट जितेपछि प्रभु बनी सर्लक्क छाड्छौ किन ?
ज्यादै धुर्त चरो तिमी नकचरो यो देश भाँड्छौ किन,
भ्रष्टाचार अचार भुल्न नसकी त्यो र्याल काढ्छौ किन ?

मन्त्री जङ्गलको बनेपछि स्वयं आरक्ष फाँड्छौ किन ?
कुम्ल्याई बनको अकूत धन यी निर्दोष डाँड्छौ किन ?
आफैं रक्षक हौ भने स्वजनको नै शीर काट्छौ किन ?
बाचा बन्धन अस्तिको सब भूली त्यो थूक चाट्छौ किन ?

भन्छौ शान्ति म दिन्छु मात्र मुखले बन्दूक हान्छौ किन ?
खोटो द्रव्य मुठ्याउँदै बस परी यो देश खान्छौ किन ?
मद्योन्मत्त र स्वार्थका बस परी अस्तित्व गाड्छौ किन ?
यो नेपाल बपौति हैन टुकुरा पारेर बाँड्छौ किन ?

नेपाली पहिचान अर्थ नबुझी यो झेल खेल्छौ किन ?
त्यागी वस्त्र घरेलु झट्ट परदेशी वस्त्र फेर्छौ किन ?
हाम्रो देश सखाप पार्न सबले इच्छा गर्या हो ? भन
साँच्चै नै यदि हो भने अब छिटै जल्नेछ त्यो जीवन ।
सुरूङ्गा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x