साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्राफिक दाइ

Nepal Telecom ad

पत्रिकाहरूको चोक र गल्लीमा उभिएर
सिठी फुक्ने ट्राफिक दाइ !
अब यो सडकमा
गँजडी डाइबरलाई सलोट हानेर
थप शोकगीतको कन्सर्ट नअरम् ।
बरू यसो अरम्
सिँहदरबारबाट निकालेर
जो जसले गाडी महल छिराउँचन्
वा महलबाट निकालेर
जो जसले गाडी सिँहदरबार पुराउँचन्
ती डाइबरहर्को लाइसेन्स चेक अरम्
उनीहर्को बिल बुक हेरम्
मुखाँ ‘ब्रेथलाइजर’ लगार
अब उनीहर्को नाँपजाँच अरम् ।
हामीहर्लाई ठूलो संका छ
उनीहर्ले रौसी पेर चलाइरहेछन् कि सवारी ।
हामीहर्लाई संका छ
उनीहर्ले गाँजा खार चलाइरहेछन् कि सवारी ।
हाम्रो साझा चिन्ता
कि त्यो सवारीभित्र
एउटा कुपोषित देश छ
र देश कुपोषित हुनुमा
यिनै दर्बारबासी डाइबरहर्कै दोष छ ।
हामी त केवल
सडकाँ बाल्ने टायर र पुत्ला भइम्
बन्दुक र गोलीहरू भइम्
ढुंगामुडा र राँको भइम्
सहिद भइम् ।
अब यसरी बीच सडकाँ बसेर
सपनाहरू क्यारियरमा राखि हिँडेका
बुंगा मुन्छेहर्लाई हप्काउनुको के अर्थ ?
जैरे दुखियाहर्को हाताँ
भुङ्ग्राजस्ता चिटहरू थमाउनुको के अर्थ ?
यसरी पुगिन्न कैलेई
हाम्रो सपनाको द्यौरालीमा ।
आ अब त चिट् तिनीहर्लाई दिम्
जो बेहोस देशलाई डिक्कीमा राखेर
सवारी चलाइरहेछन् ।
देशसँग उनीहर्ले चर्को भाडा असुले
देशसँग उनीहर्ले ठूलो खेलैची गरे
पुराउनु पर्ने जुन ठाम् हो
उनीहर्ले त्याँ कहिल्यै नपुगिने
गलत बाटो अख्तियार गरे ।
कैलेकाईँ यो तन्नम देशलाई
बीचबाटोमा छोडेर
उनीहरू दरबारतिरै फर्किए ।
कैलेकाईँ यो बिरामी देशलाई
खौलाँ हालेर
उनीहरू मस्त निदाए ।
ट्राफिक दाइ
अब उनीहर्को स्पिड चेक अरम्
कसले स्लो स्पिडमा हाँकिरछ सवारी ?
कसले ओभर स्पिडमा हाँकिरछ गाडी ?
कसले ट्राफिक लाइटको बेवास्ता अरिरछ ?
कसले जेब्राक्रसाँ हिनिरका मुन्छेमाथि
गाडीको पैंया उतारिरछ ?
निर्धक्क भनौं
हामीलाई चाहिएको छ सन्तुलित रफ्तार ।
अब यसरी पूर्वाग्रहको पातलमुनिबाट
सधैं माथिल्लो कबिलामा बस्ने
असफल डाइबरहर्को स्तुति गाएर
पुग्दैन यो देश अस्पतालमा छिट्टै
र बन्दैन कसैअरी तन्दुरुस्त ।
पत्रिकाहरूको चोकमा उभिएर
सिठी फुक्ने ट्राफिक दाइ !
ऊ ऊ
कोही फेरि ट्राफिक नियम उल्लंघन अरिरहेछ
सिठी फुकम्
सिठी फुकम् !
नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x