साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार चड्कन

Nepal Telecom ad

१.
पिडाबोधका कुरा लेख्दा दुःख मात्र पोखिस् भन्छन्
मायाप्रितका कुरा लेख्दा कति ठिटी बोकिस् भन्छन्,
भाव सम्वेग यिनै त हुन् जसले जे जे लेखे पनि
देशभक्तिका कुरा लेख्दा तैँले बढी खोकिस् भन्छन् ।

२.
सोच्छु, यहाँ लेखेरै बाँच्नेहरू कम छन्
लेखाइमा भविष्य साँच्नेहरू कम छन्
कुटिल मुस्कान देख्दा ती मुहारहरूमा,
लाग्छ, दिल खोलेर हाँस्नेहरू कम छन् ।

३.
रवाफमा बाँच्दा थाहा हुन्न जिन्दगी
दबाबमा बाँच्दा थाहा हुन्छ जिन्दगी
त्यसै भात्किदैनन् परेलीका डिलहरू,
अभावमा बाँच्दा थाहा हुन्छ जिन्दगी ।

४.
हाँस्दा, खेल्दा, रमाउँदा, फूल जस्तो लाग्छ जीवन
पिरमा हुँदा बेदनाको, मूल जस्तो लाग्छ जीवन
के रैछ र जिन्दगानी, दुई दिनको घाम छाया,
सम्झी ल्याउँदा उडिजाने धूल जस्तो लाग्छ जीवन ।
धापासी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x