साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक (२३)

Nepal Telecom ad

मन्त्री लिलाममा छ
कर्तव्यका दुर्गमा आस्थाका सिपाही नरहेपछि
मयलपोसमा विधायक खरिदका नोट भरिएपछि
जनता नेताको सख्त खिलापमा छ,
किनभने मेरो देशमा मन्त्री पद लिलाममा छ ।

सन्तान
प्रीतिभोजमा आएका पाहुना झैँ हुन् सन्तान
मीठो भए प्रशंसा, नमीठोमा दन्तबझान ।
पखेँटा लागेपछि गुँडमा नफर्कने चराका बच्चा झैँ
बाउआमा कल्पिन्छन्– ‘दुई सन्तान ईश्वरका बरदान ।’

नाता
लोग्नेस्वास्नीको नाता घाँटीको डोरो हो
मन मिलुन्जेल दोहोरो, नत्र एकोहोरो हो ।
चित्त कित्ताकाट नगर दम्पती हो –
त्यसपछिको नाता टाउका माथिको लोहोरो हो ।

प्रेमको बैंक
रूपैयाँको मात्र होइन प्रेमको पनि बैंक हुन्छ
फोटोको के कुरा ? हृदयको पनि फ्रेम हुन्छ ।
यी सबै तन र मन झरिला हुँदाका कुरा हुन्–
आँत मरेपछि र दाँत झरेपछि सबै खङ्ग्रङ्ग हुन्छ ।
मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x