साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौं

Nepal Telecom ad

अनुहारमा
सन्निपातका प्रतिच्छाया बोकेर
रत्नपार्र्किभत्र बदामका गोली छोडाउँदै
सपनाका रंगीन संसार निर्माण गर्छन् तन्नेरीहरु ।
जीवन आवश्यकताका चाङहरू
र अस्मेल आर्थिक पाटाहरु पूर्ति गर्न
सुकुमारी युवतीहरू
अनुहारभरी भद्दा मेकअप पोतेर
हाँस्छन् मदहोशी मुस्कान
र मोलतोल गर्न थाल्छन् जवानीको ।
नजिकै धुपीको रुख चढेर
मुकन्दे अर्थात मुकुन्द घिमिरे
व्यङ्ग्य गर्छ
प्रचलित राजनीतिका ठेकेदारहरुप्रति लक्षित गर्दै
कि अब ऊ यो देशको
राजा, महाराजा, राष्ट्रपति या प्रधानमन्त्री सबथोक हो
कायापलट गरिदिन्छ ऊ
बेरोजग्रस्त समाजलाई
अशान्तिले ग्रस्त समाजलाई
बेथिति, कालो बजारी र महङ्गीलाई ऊ
फुमन्तर गरिदिन्छ
बेराजगारले आक्रान्त युवा जुलुस परररर ताली पिट्छन् ।
सिटी फुक्छ ट्राफिक
गलत लेनमा कुदिरहेको मोटर साइकललाई
मुन्द्रे, मुसुन्डाको मुक्का खाएर
हराउँछ ऊ कतै कुनोमा
बन्दुकका ट्रिगरमा चोर औँला घुसारेर
ड्युटी उभिइरहेको पुलिस मुक बन्छ
हप्ता असुली रहेका गुण्डाहरूको अगाडि
कुनै कुनोबाट निस्कछ
अभाव, महङ्गी, कालो बजारी र घुसखोरी विरुद्ध
मजदुरको जुलुस
विद्यार्थीको जुलुस
गृहिणीको जुलुस
युवाको जुलुस
हतार–हतार
सडकमा ओर्लिएका पुलिसहरू
टियरग्याँस र कठबाँसका लाठा वर्षाउँछन्
आन्दोलनकारीको जुलुसमा ।
अहो !
ओभरहेड ब्रिजको क्यानभासमा पोतिएका
सुन्दरीहरूका अर्धनग्न तस्विर हेरेर
फोटो खिचिरहेछ विदेशी नागरिक
र हात पसारेर
भीख मागिरहेको देखिन्छ– नाङ्गो बालक
तल भुईंमा साइरन बजाउँदै कुदिरहेका छन्
मन्त्रीका चिल्ला चिप्ला गाडीहरू
सन्ध्याकालीन दैनिकको टोपधारी ख्याउटे मनुवा
घोषणा गरिरहेको छ
प्रचण्डले भने अब देशमा आन्दोलनको आँधिबेहेरी आउनेछ ।
जेब्राक्रसिङको एकछेउमा उभिएर
सडक पार गर्ने योजना बुनिरहेको कवि
मिर्गौला रोगीलाई दान गरिरहेको छ
एकथान कविताको पुस्तक
र पाँच सयको पाइन्ट
सय रुपैँयामा बिक्री गर्ने दाउमा देखिन्छ
सडक ब्यापारी
शिवपुरीको पहाडको रुखको जरामा
हिमालय खण्डको पाइन लगाई रहेकीछे
मङ्गोल चेहेराकी युवती
सागको खोजीमा तल्लिन देखिन्छन्
गृहिणीहरू ।
र निकोटिनले पँहेलिएका ओठमा सूर्य चुरोट च्याप्दै
सुदुर कुनोको नागरिक खोजिरहेका देखिन्छन्
पकेटमारहरू ।
आँखामा भय बोकेर कुदिरहेको छ
सरकारी कर्मचारी
सडकमा रोकी राखेको गाडी अगाडि
चिच्याई रहेकीछे तरुनी युवती
कुनै युवकलाई लक्षित गर्दै
यो साला खलेले मेरो स्तनमा हात हाल्यो
र खले खोकी रहेको छ, असभ्य भाषामा प्रतिकारका शब्दहरू
हतार–हतार र बेखबर जस्तै बनि
मानव सागर कुदिरहेको छ
कालोपत्रे सडक ढाक्ने गरी
हर्नका चिच्याहट र खलासीका कर्कश ध्वनि
हमला गरिरहेका छन् एकाग्रता मास्तिर ।
बाग्लुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x