साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुल्ला आकाशमा आऊ

Nepal Telecom ad

(सन्दर्भ श्रमिक महिला दिवस)

तिमी पिँजडामा थुनिएर
खुल्ला आकाशमा
उड्ने सपना नदेख
किनकि पिँजडामा राख्नेहरूले
तिमीलाई कहिले पनि
उड्न दिने छैनन्
यदि तिमी खुल्ला आकाश
उड्न चाहान्छौ भने
पिँजडाबाट उम्कने प्रयत्न गर्नैपर्छ
अरुको अधिनमा होइन
आफ्नै अधिनमा चल्न सिक्नुपर्छ
तिमी अरुको खुसीको लागि
आफ्नो खुसीको बलिदान किन गर्छौ हँ ?
तिमीलाई रानी बनाउने नाउँमा
रजौटे बनाउन तल्लीन छन्
नव रजौटाहरू
त्यसैले तिमी
रानी होइन
उज्यालो बिहानी बन्नुपर्छ
बरु फ्याँकीदेऊ
सदैव जीवनलाई
बन्धक बनाउने एक डोरो पोते
एक चिम्टी सिन्दुर
अनि
चौघेराभित्र हिँड्दा छमछम बज्ने
त्यो पाउजु
जब तिमी साहस बटुलेर
बाहिर निस्किन्छौ
त्यत्तिबेला तिम्रा गलाभरी
विजयको मालाले भरिनेछ
तिम्रो मुहारमा क्रान्ति छाउनेछ
तिमी रङ्गिनेछौ
खुसीका रङ्गहरूले
तिम्रै लागि बज्नेछन्
विजय र मुक्तिका धुनहरू
त्यसैले तिमी आऊ
पिँजडा बाहिर आऊ
जहाँ खुल्ला आकाशमा
हामी तिम्रै पर्खाइमा छौँ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x