साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचम्म कस्तो

Nepal Telecom ad

ओहो !
अचम्म भयो कस्तो ?
मानिस मानिस जस्तो छैन

मानिसलाई अह्राउने पो
ठूलो मान्छेजस्तो छ ।
कस्तो विडम्बना !
यस्तै हुने हो या
प्रभुत्ववादले नै
देशलाई
चौतर्फी तहसनहस गराउने हो !
भोलि कारिन्दाले
काम नगरे पनि
आश्चर्य मान्नु पर्ने छैन
किनकि यहाँ यस्तै तन्त्र मौलाएको छ

ओहो ! अचम्म कस्तो !
जुन तन्त्रलाई
न त फाल्न सकिन्छ
न त पाल्न नै सकिन्छ
टक्कर पनि कति–कति
हिजो नमान्नेले आज के मान्लान्
भोलिलाई त झन् के कुरा !

जमाना अर्कै भयो
लोकतन्त्र पनि थोत्रो भयो
गणतन्त्रले के बनायो
झन् बिगार्यो अनि भत्कायो
मानिस–मानिसमा फुट ल्यायो
कस्तो लोकतन्त्र आयो
तँभन्दा म के कम गरायो
यो कस्तो जमाना आयो
ठूलोलाई सानो बनायो
सानोलाई ठूलो गरायो
यो कस्तो स्वतन्त्रता आयो
तँभन्दा म के कम बनायो ।
काठमाडौं
२०७१।१।१७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x