साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुर्किंदैछन् जुंगाहरू

Nepal Telecom ad

धागो चुँड्दा छरिँदैछन्, सैयौँ फूलका थुंगाहरू
तिनै थुंगा कुल्चिएर, फुर्किँदैछन् जुंगाहरू ।

लाहुरेका बैँक एकाउण्टमा बचत घट्दै जाँदोरैछ
र पो झिल्के हुँदारछन् शहरभरका बुंगाहरू ?

जो गनिए बुद्धिजीवी, बम्किरन्छन् आफ्नै लागि
सोच्दैछु म सबका लागि, कैले बोल्छन् गुंगाहरू ।

कैलेसम्म झुट्टो जीवन जबर्जस्ती ज्युँछन् होला ?
सत्य सम्झी रुन्छन् कि त मन्दिरभित्र ढुंगाहरू

कस्तो होला यात्रा हाम्रो ? पुगिएला कहाँसम्म ?
किन तयार पारिँदैछन् थुप्रै साना डुंगाहरू ?
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x