साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाई झुटो बोल्दै हुनुहुन्छ

Nepal Telecom ad

शुभकामना दिनुहुन्छ, समवेदना दिनुहुन्छ
मन्तव्य दिनुहुन्छ, वक्तव्य दिनुहुन्छ
सन्देश दिनुहुन्छ, बिचार दिनुहुन्छ
आश्वासन दिनुहुन्छ, आदेश दिनुहुन्छ
सलाह दिनुहुन्छ सुझाव दिनुहुन्छ
विश्वास दिन सक्नुहुन्न तर दिलाउनु त हुन्छ
नेताजी यस्तरी दिएको दियै हुनुहुन्छ,
देश र जनताको लागि दिँदा दिँदा
बिचरा बिरामी पर्न लागिसक्नु भयो
तैपनि तपाईं नेताले केहि दिएन भन्नु हुन्छ
नेताजी त दिएको दियै हुनुहुन्छ
तपाईं झुटो बोल्दै हुनुहुन्छ ।

ल भन्नु होस् तपाईं के लिनु हुन्छ ?
शुभकामना लिनुहुन्छ कि समवेदना लिनुहुन्छ ?
मन्तव्य लिनुहुन्छ कि वक्तव्य लिनुहुन्छ
सन्देश लिनुहुन्छ कि बिचार लिनुहुन्छ
आश्वासन लिनुहुन्छ कि आदेश लिनुहुन्छ
सलाह लिनुहुन्छ कि सुझाव लिनुहुन्छ
लिन चैं तपाईं केहि नलिने
नेताले दिएन दिएन मात्रै भन्नुहुन्छ ?
ल भन्नु होस् तपाई के लिनुहुन्छ ?
नेताजी त दिएको दियै हुनुहुन्छ
तपाईं झुटो बोल्दै हुनुहुन्छ ।

शिलान्यास गर्नुहुन्छ, उद्घाटन गर्नुहुन्छ
बिमोचन गर्नुहुन्छ, विमर्श गर्नुहुन्छ
भेट गर्नुहुन्छ, छलफल गर्नुहुन्छ
सभापतित्व गर्नुहुन्छ, अध्यक्षता गर्नुहुन्छ
बैठक गर्नुहुन्छ, निर्णय गर्नुहुन्छ
ग्रहण गर्नुहुन्छ आदेश गर्नुहुन्छ
घोषणा गर्नुहुन्छ अठोट गर्नुहुन्छ
स्वीकार गर्नुहुन्छ अस्वीकार गर्नुहुन्छ
स्वागत गर्नुहुन्छ, बिदाइ गर्नुहुन्छ
आयोजना गर्नुहुन्छ, सञ्चालन गर्नुहुन्छ
व्यक्त गर्नुहुन्छ प्रयास गर्नुहुन्छ
नेताजी त स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै
रात दिन दिएको दियै र गरेको गर्यै हुनुहुन्छ
तपाईं भने नेताले केहि दिएन, नेताले केहि गरेन भन्नुहुन्छ
तपाईं झुटो बोल्दै हुनुहुन्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x