साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोग्नेमान्छे

Nepal Telecom ad

उसले ढुङ्गो उठाई दोबाटोबाट
घरमा लगेर सजाई
स्नेहले आफ्नो शयनागारमा
छिनो चलाई शिल्पको
र आँँखाहरू कुँदी
हातगोडाहरू थपी
भरेर रङ्गरोगन शिलामा
उसले पत्थरलाई मूर्ति बनाई
उसले मूर्तिमा आफूलाई व्यक्त्याई
मूर्तिभित्र उसले
आफ्नो प्राण निथारेर
सिंगो साधना खन्याई
मूर्ति आफैमा शब्द हुन थाल्यो
अर्थहरू परिभाषित हुन थाले
र मूर्तिमा भावहरू चम्किन थाले
छिनोका हरेक कपाइहरू
एकएक अर्थ भएर प्रकट हुन थाले
सारांंशमा ढुङ्गो जिउँदो मूर्ति बन्यो
मूर्ति आँखाहरूमा अर्थ भयो
प्रशंसा भेट्न थाल्यो
आफ्नै व्याख्यान सुन्न थाल्यो
चढ्दै चढ्दै सगरयात्रामा
उसले भुइँहरू बिर्सन थाल्यो
आफ्नो इतिहासलाई सम्झिन छाड्यो
मूर्तिकारको स्याहारलाई झर्को मान्न थाल्यो
आफूलाई मात्र सर्वस्व ठान्न थाल्यो
एकदिन मूर्तिले
उसका जगल्टाहरू लुछ्न थाल्यो
घोडा बनाएर उसको पिठमा
हैकमको चाबुक बर्सायो
निधारमाथि कचप्प टेक्यो
टेकेर उसको सम्पूर्ण अभिमानलाई
कालान्तरमा
मूर्ति एकदिन लोग्नेमान्छे बन्यो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x