साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होसियार साँढेहरू !

Nepal Telecom ad

भाङ् खाएर मात्ने भोले छयाङ् पिएर ढल्न थाले
गौरीसँग खेल्ने भोले स्कट्नीसँग चल्न थाले ।

बाघको छाला फ्याँकेर चाइनिज सुट किन्छु भन्थे
भष्म लेप गर्ने शिव फिरेनलब्ली दल्न थाले ।

दारी खौरी सुट लगाई शिव अचेल हयान्डसम् भा’छन्
राम्रा मैया देखी भोले भित्रभित्रै जल्न थाले ।

शिव अचेल साँडा बनी नखाने चिज खाँदा र’छन्
गाँजा मात्र तान्ने शिव चरेश स्म्याक मल्न थाले ।

सैयौँ लभर भइसके’रे शिवजीका हिजो आज
डल्लीसँग डेटमा गई पार्वतीलाई छल्न थाले ।
काठमाडौँ–१४, कुलेश्वर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x