साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरानो हुँदैन श्रीपेच

Nepal Telecom ad

लयः पुरानो हुँदैन माया…..

(पुरानो हुँदैन श्री श्रीपेचै खुस्की गए पनि) २
बिर्सिंदैन रद्धीले लातै लात खाए पनि

(विश्वासमा हुन्नन् जनता कहिल्यै)२ बुद्धि लगाउँन सकिन
लम्फुको साथी लम्फु नै हुन्छ दशी जुटाउन पर्दैन
बिरानो हुँदैन पेच खियै लागी गए पनि
मन सधैँ पावरमै हुन्छ, ज्यान टाढा भए पनि

शरम हुँदैन यहाँ नाङ्गै हिँडिरहे पनि
बिर्सिदैन दायाँले बायाँ, हातै काटि दिए पनि

सहनलाई गाह्रो भयो, विछोडका यी दिन
परन्तु पावर सक्दछ फेरि अर्को ‘कु’ लिन
खरानी हुँदैन इच्छा चितै चढी गए पनि
स्यालको बच्चा स्याल नै हुन्छ सेरेमोनियल भए पनि

नरम हुँदैन माया, करम खोटो भए पनि
ब्वाँसाको बच्चा ब्वाँसो नै हुन्छ, चिडियाखानामा रहे पनि ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x