प्रेम ओली ढकलपुरेसम्धिनीज्यू क्या च्वाँक !
बुहारी परी हाँडीघोप्टी
नाकमुख उस्तै नेप्टी
जिउडाल पनि हात्ती जस्तै ढ्वाक
सम्धिनीज्यू पो रहिछिन् गाँठे
क्या च्वाँक !
कोही छोरी यति दुब्ला कि
अस्थिपञ्चर जस्ता
कोही यति बाङ्गाटिङ्गा कि
लौका घिरौँला जस्ता
कोही छोरी अर्नाझै झ्वाँक
सम्धिनीज्यू पो रहिछिन् गाँठे
क्या च्वाँक !
सम्धीज्यू पनि पिलन्धरे
छोरा पनि कति लखन्तरे
कोही कोही कस्ता क्वाँक
सम्धिनीज्यू पो रहिछिन् गाँठे
क्या च्वाँक !
छोरीभन्दा धेरै
ब्युटीपार्लर जान्छिन्
मोटाइन्छ भनी आधी पेट खान्छिन्
रङ्गीचङ्गी फेसन छ
रङ्गीचङ्गी प्वाँख
सम्धिनीज्यू पो रहिछिन् गाँठे
क्या च्वाँक !
कहिले आउँछिन् सारी र हिलमा
कहिले लाउँछिन् कुर्ता
छोराछोरीको हेरचाहभन्दा
आफ्नै गर्छिन् सुर्ता
कहिले त ठोकी दिन्छिन् प्यान्ट पनि
चल्यो भने झ्वाँक
सम्धिनीज्यू पो रहिछिन् गाँठे
क्या च्वाँक !
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































