साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यापार तस्मै नमः

Nepal Telecom ad

बोली नम्र छ बस्तछन् ती पसले तातो गरी आसन
मर्यादा सबमा बराबर दिने मीठो छ सम्भाषण
टक्र्याऊँ कति के भनेर मुखले चिप्लो घसी हर्दिन
मीठो बोल्न सदा यिनै निपुण छन् व्यापार तस्मै नमः ।

हेर्दा ग्राहक झट्ट जान्दछ उही कस्तो छ उस्को खुबी
खुद्रा किन्न गयो भने पसलमा क्यै मोल चर्को गरी
सामग्री बहुतै खरिद गरला भन्ने बुझे मन्मन
तैयारी गरिदिन्छ आसन उठी व्यापार तस्मै नमः ।

देखे ग्राहक त्यो रवाफी बहुतै बट्टा झिकी सूर्यको
खोली झट्ट लगी अगाडि पहिले तेर्स्याउने गर्छ त्यो
पाई मान र सान ग्राहक पनि झिक्दै भलाद्मीपन
पञ्जामा फसी फुक्छ धूम मुखले व्यापार तस्मै नमः ।

लाग्यो ग्राहक चीज किन्न पसले ज्यादै निठूरी बनी
मौकामा बनी ‘सिस्न’ झैं अति कडा सामानको मोल ली
हाली दिन्छ र ब्यागमा खुशी हुँदै क्या नम्र भै झन्झन
फेरि पाल्नुहवस् न ! भन्छ मुखले व्यापार तस्मै नमः ।

आफ्नो स्वार्थ पूरा गराउन सदा हाँसेर बोल्ने यिनै
के के मिल्दछ फायदाजनकका सामग्री भन्दै सधैं
पत्ता लाउन एक नम्बर यी छन् व्यापारी व्यापारीमा
विश्वासी बहुतै बनेर बसने व्यापार तस्मै नमः ।

हिँड्छन् देश–विदेशमा घुमीघुमी व्यापारी साहु सबै
केही कामहरू अरू नगरी क्यै बस्छन् हमेसा यिनै
छोरा छोरी बुहारि काम नगरी बस्छन् सधैं के कम
लक्ष्मी हुन् कि त स्वर्गका यी परी हुन् व्यापार तस्मै नमः ।

आए किन्न ठुला–बडा पसलमा भन्ने बुझेमा यिनै
आफ्नो स्वार्थ पट्याउने नियतले बन्दै खुशी मन्मनै
सस्तोमा हरचीज दिन्छ अनि क्यै सौगात राखीकन
यो कोशेली हजूरमा भनी दिने व्यापार तस्मै नमः ।

बच्चा–बच्चि र श्रीमतिसँग लिइ मन्त्रीहरू आउँदा
यो सौगात भनेर दिन्छ सुनको सिक्री घडी सर्वदा
मन्त्राणी अति हर्ष–गद्गद बनी जान्छिन् पतिका सँग
अर्बौं अर्ब कमाउने सुर कस्यो व्यापार तस्मै नमः ।

मन्त्राणी अनि मन्त्रीलाई र अरू उन्का सबै सन्तति–
लाई चङ्गुलमा घुमाउँछ हरे ! क्यै सम्पति खर्चिई
मौकामा गरी टेलिफोन घरमै मन्त्री झिकाइ कन
कोटा लिन्छ गराइ स्वीकृत सबै व्यापार तस्मै नमः ।

सामग्री परदेशमा ती जति छन् नाफा हवस् बेसरी
आफ्ना ती जनता र देश प्रति नै धोखा हवस् तापनि
ल्याई बिक्री गरी कमाउन भनी आफ्ना सबै तन्मन
गर्छन् अर्पण बेसरी सब मिली व्यापार तस्मै नमः ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x