साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदरका हातमा नरिवल

Nepal Telecom ad

(हास्यव्यग्य निबन्धसङ्ग्रहमाथिको व्यङ्ग्य)

त बर्गको अन्तिम वर्णबाट
निस्कन्छ त्यो नाम त सानसाथ
पछाडि नाङ्गै छ र लाज मान्छ
‘न’ लाई आकार छ एउटा थ ।

लुकेर बस्छ तर ठोक भन्छ
इमानकासाथ रहन्छु भन्छ
टेकेर पाउ रचि व्यङ्ग्य ठोक्छ
लमक्क लम्केर अगाडि बढ्छ ।

कैले मिटिङ् मन्थन सोचि बस्छ
बद्नाम रामहरूलाई भजिरहन्छ
कैले त त्यो राष्ट्रिय झोल लेख्छ
गम्भीर निष्कर्ष निकालिरन्छ ।

काम्रेडको स्वाद प्रकट् गरेर
बिकट् टिकट्को परिणाम धेर
अगाडि ल्याइ छरपष्ट पार्छ
अनेक विकृति उरालिदिन्छ ।

हावा हुसेरिकन हुस्सुकान्त
टुट्फुट नाराहरू घोकिरन्छ
ठोक्ने दिँदै राय ऊ ठोकिदिन्छ
कैँ धाँधली भो कि त झम्टिहाल्छ ।

भाषा र भक्ति अनि गाईजात्रा
अपार व्यापार यता उताका
तिहारमा देउसुरे पुकार्छ
नेताजीलाई दिन पोलियो छ ।

मिलिजुलि खेल बनाउने ऊ
काम्का चिठिपत्र पठाउने ऊ
इनाम् पुरस्कार दिलाउने ऊ
चुक्ली चमत्कार जुराउने ऊ ।

स्वप्ना कुकुर्का पनि लेख्न सक्छ
लेखक् बृत्तान्त उही लेख्न सक्छ
ऊ भ्रष्टको साथ दिँदो रहेछ
टन्टन् टेलिफोन बजिरहन्छ ।

कम्पिटिसन्मा बल्ड्याङ खाए
छेपारो माउसुली बात आए
उल्टो गति देखि रमाउने हो
चार् मार्ग देखेर बताउने त्यो ।

यौटा नरीवल टिपेर ल्याई
दिलाइयो बाँदर भाइलाई
के गर्छ त्यो बाँदर हेरदैछ
लुइँटेल् नरनाथ चिहाउँदैछ ।
वानेश्वर, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x