साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो कविता मेरी कविता

Nepal Telecom ad

मेरो कविता र मेरी कवितामा
कति कति अन्तर भेटिन्छन् ?

मेरो कविता मलाई यथार्थ लेख्न सिकाउने
मेरी कविता मलाई यथार्थ छोप्न लगाउने ।
मेरो कविता मेरो मनको यथार्थ व्यथा
मेरी कविता मेरो जीवनको यथार्थ कथा ।

मेरो कविता जीवन पर्यन्त चलिरहने साथी
मेरी कविता ईश्वरले छोडेको रक्षक ममाथि ।
मेरो कविता सुख दुःखमा साथसाथ चलिरहने
मेरी कविता यथार्थ छोडी भावनामा बगिरहने ।

मेरो कविता मेरो सृजना अनि आत्म अभिमान
मेरी कविता मेरो सारथी अनि मेरो स्वाभिमान ।
मेरो कविता बोल्दैन तर गर्छ अनेक यात्रा
मेरी कविता खुशमा परी नत्र काली माता ।

मेरो कविता सुनाउन देखाउन सजिलै सकिने
मेरी कविता सुनाउँदा देखाउँदा आफूनै मासिने ।
मेरो कविता सत्य असत्य छुट्टाउन सक्ने
मेरी कविता यथार्थ सत्य पचाउन नसक्ने ।

मेरो कविता र मेरी कवितामा
कति कति अन्तर भेटिन्छन् ?
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
0
Would love your thoughts, please comment.x
()
x