साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुपतिका शरणमा मन्त्री

Nepal Telecom ad

अनेक दाउ गरी पार्टीको चुनावी टिकट फुत्काएपछि मन्त्रीजी पशुपतिनाथको दर्शन गर्ने निहुँले अदृश्य शक्तिलाई गुहार्न पुगे । करबद्ध, नतमस्तक र मुदितनयन हुँदै उनले लामो बेर लाएर पशुपतिनाथसँग मनमनै के के हो के के प्रर्थना गरे ।

मन्त्रीजीको अङ्गरक्षकले पनि भगवान पशुपतिनाथको वाहन नजिक उभिएर निकै बेरसम्म बाबासँग बिन्ति बिसायो ।
बाटोमा मन्त्रीजीले उसलाई सोधे, तिमीले भगवानसँग के के माग्यौ त रामबहादुर दाई ?

अलि लाज माग्दै अङ्गरक्षकले भन्यो, दुई छाक खान सधैं पुगोस्, घरमा आएका पाहुनालाई के ख्वाउने भन्ने चिन्ता गर्न नपरोस्, बिरामी पर्दा सरकारी अस्पतालमा मरेर अगति नपरियोस्, छोराछोरीहरू सरकारी स्कुलमा पढेर नबिग्रियुन् । हामी गरीबले अरु के नै माग्नु र हजुर !

अनि हजुरले के मागिस्यो नि ? मन्त्रीजीका अनेक चर्तिकला नजिकबाट हेर्दा हेर्दा मुटु छिप्पिएको अङ्गरक्षकले सोधी हाल्यो ।

तिमीहरूलाई जहाँ पुगे पनि पेटकै धाउन्न रहन्छ । मैले त पशुपतिनाथसँग चुनावमा विजयश्रीका अतिरिक्त इमान्दारी, कर्मठता, सत्यवादिता र राष्ट्रियता जस्ता गुणहरू मलाई दिनोस् प्रभो भनेर मागेँ– मन्त्रीले फुईं लाए ।

त्यो सुनेर गम्भीर मुद्रामा अङ्गरक्षकले टिप्पणी ग¥यो– हो हजुर जोसँग जुन कुराको अभाव हुन्छ, त्यै माग्ने त हो नि !
थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x