साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविताले गुञ्जियो पोखरा

Nepal Telecom ad

पोखरा, ०७१ चैत ७/सधैंजसो साहित्यिक कार्यक्रम हुने पोखरा शनिबार पनि साहित्यमय बन्यो । पोखरा उद्योग वाणिज्य सङ्घको ‘अमृत कक्ष’ विशेष कविका विशेष कविता सुन्न खचाखच थियो । अवसर थियो विश्व कविता दिवस । कविता सुन्ने माहौल बनाएको हो, पोखरेली युवा सांस्कृतिक परिवारले ।

दिउँसो साढे चार सुरु भई करिव साढे दुई घण्टा चलेको विश्व कविता दिवस विशेष कवि गोष्ठी तथा समता काव्य सन्ध्या नयाँनयाँ स्वादका कविताले गुञ्जिएको थियो ।

कवि सुमन लम्सालको कविताबाट सुरु भएको कविता वाचन प्रमुख अतिथि बनेर आएका उपकुलपति विष्णु विभु घिमिरेका कवितासम्म आएर कार्यक्रम सकिएको थियो ।

विशेष कविता वाचनमा रीतु अधिकारी, सौगात पोख्रेल, मन क्षेत्री, गणेश पौडेल, शरण आँशु, लक्ष्मण थापा, रुपिन्द्र प्रभावी, मन क्षेत्री, सरस्वती श्रेष्ठ सरु, जीवन सागर भण्डारी, लालगोपाल सुवेदी, अमृत सुवेदी ‘गुराँस’, भिम घिमिरे, जे. अस्मिता, ईश्वरमणि अधिकारी, सरस्वती प्रतीक्षा, तीर्थ श्रेष्ठ, तेजनाथ घिमिरे, मनोज न्यौपाने लगायत सहभागी थिए ।

कवि तथा उपकुलपति विष्णुविभु घिमिरेले लामो समयको साधना र प्रयासबाट एउटा राम्रो कविता जन्मने बताउनु भयो । ‘कवि बन्न सजिलो छैन, लहडले मात्र हुँदैन’ उपकुलपति घिमिरेले भन्नु भयो– ‘कविताले उठाउनुपर्ने विषय र नयाँपनका बारेमा कवि सचेत हुन जरुरी छ ।’ वर्तमान नेपाली साहित्यमा असल समालोचकको अभाव रहेको उहाँको भनाइ थियो ।

कवि तीर्थ श्रेष्ठले नेपाली कविताले लिएको बाटो र गति शक्तिशाली रहे पनि हामीमा साधनाभन्दा पनि लहडले कवि हुनेको जमात ठूलो रहेको बताउनु भयो । नेपाली कविता कुनै पनि हिसाबमा कमजोर नरहेको तर्क गर्दै श्रेष्ठले ‘नेपाली कवितालाई कमजोर आँकलन गर्न नमिल्ने’ बताउनु भयो । ‘कसैले अनुबाद नगर्दिएकै कारण नेपाली कविता विश्व साहित्य माझ पुगेन भन्न मिल्दैन ।’

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा भएको गोष्ठीको संचालन सचिव अर्जुन अधिकारी र स्वागत प्रकाश ज्ञवालीले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x