साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तै हो भने

Nepal Telecom ad

यस्तै हो भने यहाँ
के के हुन सक्छ
सायद ब्रह्माण्ड
पल्टन सक्छ
पृथ्वी नघुमेर
बिस्तारै–बिस्तारै रोकिन सक्छ
बीच–बीचमा धाँजा–धाँजा भई
फाट्न र फुट्न सक्छ

यस्तै हो भने
यहाँ महाप्रलय हुन सक्छ
सबै आगो झैं बल्न सक्छ
म पनि जल्न सक्छु
तिमी पनि जल्न सक्छौ
सायद हामी सबै खरानी भई
धूलै धूलोको कणमा
परिणत हुन सक्छौँ ।
पृथ्वी डगमगायो भने साराका सारा
कीट पतङ्ग, बोट बिरूवा
पशु पन्छी, मानिस सबै नै
सखाप हुन सक्छ
संसार मरूभूमिमा
परिणत हुन सक्छ
यहाँ खालि नाङ्गो डाँडा
पाखा अनि पर्वत
सुकेका खोलानाला
र भत्केका पाटी पौवा बाहेक
मठ, मन्दिर, मस्जिद र गुम्बाहरू
सबैको कङ्कालै कङ्काल
लहरा कन्दराहरू
सुकेका पत्कर,
फल्छ धानको साटो भुस
आँखा नदेख्नेले हेर्न मात्र होइन
सुन्न छोड्छ
सक्दैन वाक्य फुटाउन ।

दूध दिइरहेका गाई वस्तुले
दूध नदिन सक्छ
छहरा छाँगाहरू स्थिर हुन सक्छ
भीर पाखा समथर बन्न सक्छ
यस्तै हो भने यहाँ के के हुन सक्छ ।
नबन्नेहरू बन्न सक्छन्
नउठ्नेहरू उठ्न सक्छन्
नबोल्नेहरू मुख खोल्न थाल्छन्
सोझा भनेकाहरू
बाङ्गाटिङ्गा हुन्छन्
राम्रा जति नराम्रा हुन्छन्
यस्तै हो भने यहाँ के के हुन सक्छ ।

हिजोसम्म कुद्नेहरू
आज अपाङ्ग बन्न सक्छ
मै हुँ भन्नेहरू पनि
मुर्दा झैँ ढल्न सक्छ
हेर ! यस्तै हो भने यहाँ
के के हुन सक्छ
उन्यू फुल्न सक्छ
ढुङ्गो टुसाउन सक्छ
यस्तै हो भने यहाँ
के के हुन सक्छ !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x