साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश बनाउने

Nepal Telecom ad

देशको धेरै चिन्ता नगर्नोस् है
तपाई चिन्तित देखेर देश शोकसन्तप्त छ ।

तपाईंका बिचारले देश बन्ने भए
आजसम्ममा तपाइँ नै बनि सक्नु हुन्थ्यो
आफै कुहिएर फतफत झर्न लागेकाले
देशलाई सम्बृद्ध बनाउने बिचार नगरे पनि त हुन्थ्यो ।

देशको धेरै चिन्ता नगर्नोस् है
तपाईं चिन्तित देखेर देश शोकसन्तप्त छ
के देश बनाउने कुरा गर्नु हुन्छ ?
तपाईं बिग्रिएको देखेर देश आक्रान्त छ ।

एक थाल भात आफैं बनाउनु नि बरु
भोक लागेको बेला अरुको नचोरी खान त मिल्छ
आफ्नै लागि एक थाल भात बनाउन नसक्ने ऊ
जुन बेला हेर्यो देशै बनाउन लागि रहेको हुन्छ ।

देशको धेरै चिन्ता नगर्नाेस् है
तपाईं चिन्तित देखेर देश शोकसन्तप्त छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x