साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुन्द्रुकको झोल टन्न छ

Nepal Telecom ad

खुन पसिना बगायो
अर्कैको लागि
जवानी सब बगायो
अर्कैको लागि
फेरि बचिएछ भने
त्यो बुढो हाड छाला
के ल्याउनु
मर्ने बेला हरियो काँक्रो
दश नङ्ग्र्रा कसरी ख्याउनु
बरु आफ्नै बारी जोतिन्छ
आफ्नै घर पोतिन्छ
गर्नेलाई उता भन्दा
यतै रनबन्न छ
दालभात नभए पनि
गुन्द्रुकको झोल टन्न छ ।

न संस्कृति छ त्यहाँ न कुनै सस्कार
पैसो बाहेक अरु सबै तिरस्कार
काम काम सधैं काम
मेसिन हुन् कि मानव हुन्
रातमा पनि गरेका छन्
दिनमा पनि गरेका छन्
भूत हुन कि दानव हुन्
बगाउँछ छोरो पसिना यतै
ढिँडो साग खान्छ
पिजा ब्रगर किन चाहियो
मकै भटमासले मान्छ
गर्नेलाई यतै काम रनबन्न छ
मासु भात नभए पनि
गुन्द्रुकको झोल टन्न छ ।

अमेरिका गयो उतै हराउने
जापान गयो उतै हराउने
खाडीतिर गए पनि
बिलखबन्द गराउने
यतै हलो जोत्छ छोरो
यतै खलो पोत्छ
नयाँ नयाँ बाली रोप्न
नयाँ बिउ खोज्छ धान फलाउँछ
तरकारी फलाउँछ नगदे बाली फलाउँछ
आफ्नै पसिना बेचेर
अच्छै गृहस्ती चलाउँछ
गर्ने हो भने
यतै अवसर रनबन्न छ
दाल भात नभए पनि
गुन्द्रुकको झोल त टन्न छ ।

यतै मेहनत गरिन्छ
यै माटोमा मरिन्छ
बिरानो देशमा नगए
के पो फारिन्छ
गर्ने नै हो भने
गर्नेलाई यतै काम रनबन्न छ
मासु भात नखाए पनि
गुन्द्रुकको झोल त टन्न ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x