सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झुम्राको पुतली

Nepal Telecom ad

हजुरबुवा को च्यातिएको दौराको फेर
हजुर आमाको फाटेको पेटिकोट
मालिकसावको मैलिएको कालो कोट
सजाईनुसम्म सजाईएँ म ।
कतिले मिलाई मिलाईकन लगाए
कतिलाई सुहाएँ हुँला
कतिलाई सुहाईन हँला
सुहाए पनि नसुहाए पनि
वर्षौ देखि लगाईएकि छु म ।
कहिले फरिया भएर सुहाएँ हुँला
कहिले कालो कोट भएर अदालतसम्म पुगेँ हुुँला
कहिले मालिक्निको पेटिकोटमा झुण्डिएँ हुँला
कहिले मालिकको दौराको लवेदामा
म त झुम्राको पुतलि
कैयन रात ओछ्याईँएँ हुँला
कैयन रात ओढिँएँ हुँला
मेरा दुई आँखा छैनन्
मेरा कान छैनन्
मेरो मुख पनि छैन
मेरा हात छैनन्
मेरा खुट्टा छैनन्
मेरा कुनै सपना पनि छैन ।
कहिले पकाईँए हुँला
कहिले काच्चै खाईँए हुँला
सजिलै पचाईएँ म ।
कहिले लम्पसार परेँ हुँला
मालिकको पाउमा
पाउपोष मिलाउन नजान्दा
डामिएँ हुँला आईरनले
कहिलेकाहिँ औला पनि काटिए होलान्
एसिडले कुरुप भयो होला मेरो रुप
कहिले पिडामै रोएँ हुँला
कहिले पिडामै हाँसे हुँला ।
बन्द कोठामा कैद
बिचारको मूल फुट्नै लागेको छ
झुम्राको पुतली उठ्नै लागेको छ ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल