साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुम्राको पुतली

Nepal Telecom ad

हजुरबुवा को च्यातिएको दौराको फेर
हजुर आमाको फाटेको पेटिकोट
मालिकसावको मैलिएको कालो कोट
सजाईनुसम्म सजाईएँ म ।
कतिले मिलाई मिलाईकन लगाए
कतिलाई सुहाएँ हुँला
कतिलाई सुहाईन हँला
सुहाए पनि नसुहाए पनि
वर्षौ देखि लगाईएकि छु म ।
कहिले फरिया भएर सुहाएँ हुँला
कहिले कालो कोट भएर अदालतसम्म पुगेँ हुुँला
कहिले मालिक्निको पेटिकोटमा झुण्डिएँ हुँला
कहिले मालिकको दौराको लवेदामा
म त झुम्राको पुतलि
कैयन रात ओछ्याईँएँ हुँला
कैयन रात ओढिँएँ हुँला
मेरा दुई आँखा छैनन्
मेरा कान छैनन्
मेरो मुख पनि छैन
मेरा हात छैनन्
मेरा खुट्टा छैनन्
मेरा कुनै सपना पनि छैन ।
कहिले पकाईँए हुँला
कहिले काच्चै खाईँए हुँला
सजिलै पचाईएँ म ।
कहिले लम्पसार परेँ हुँला
मालिकको पाउमा
पाउपोष मिलाउन नजान्दा
डामिएँ हुँला आईरनले
कहिलेकाहिँ औला पनि काटिए होलान्
एसिडले कुरुप भयो होला मेरो रुप
कहिले पिडामै रोएँ हुँला
कहिले पिडामै हाँसे हुँला ।
बन्द कोठामा कैद
बिचारको मूल फुट्नै लागेको छ
झुम्राको पुतली उठ्नै लागेको छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x