साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हर्केको हर्कत

Nepal Telecom ad

हर्के उमेर ढल्के पनि
आफूलाई तन्नेरी ठान्छन्
जताजता तरुणीको भिड
उतैउतै मात्र जान्छन्
एक दिन रङ्गिन टिसर्टमा
पहिरिए प्यान्ट धर्के
मगगाउँदो सेन्ट छर्के
त्यसपछि
मुलबाटोमा आएर
भिडभाडको बस पर्खे ।

उनलाई
सिटमा बस्न मन लाग्दैन
महिला नभाको बसमा
पस्न मन लाग्दैन
त्यसैले आज पनि
ठेलमठेलको बसमा चढे
कता छन् महिला
यसो आँखा गढे
उतै उतै बढे ।

कहिले मोबाइलमा हल्लो गर्दै
कुइनाले घोचे
कहिले घुँडा तेर्साउँदै
टाङमुनि कोचे
कहिले निदाएझैँ गरी
ढलक्क ढल्के
कहिले सुम्सुम्याउँदै तरुणी
छलक्क छल्के ।

बसमा आज
एक महिला परिन् कडा
हर्केलाई गरिन् खडा
नाकमा कुइनो नै कोचिन्
चाकमा सुइरोले घोचिन्
ऐयाआत्थु गर्दै
हर्के बसबाटै भागे
घरमा पुगी हारगुहार मागे
के भयो भन्दा मुख भयो टम्म
कुरो पनि खोलेका छैनन् आजसम्म ।

आज भोलि हर्के,
खाली खाली बस खोज्छन्
सकभर त्यसमा
महिला नभाकै रोज्छन् ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x