साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबथोक छ

Nepal Telecom ad

सबथोक छ
रेशमकुमार सुनुवार
के छैन यो देशमा
जनतालाई दाम छैन
काम छैन
माम छैन त के भो
सर्वत्र पीडा र शोक छ
अनगिन्ती रोग छ
सवै कुराको अभाव
अनि गरिवी र भोक छ
नेपाललाई सिङ्गापुर बनाउने नाममा
झिँगापुर बनाउने होड छ
के छैन यहाँ
सबथोक छ ।

लाटो देशमा गाँडो तन्नेरी
आहा नेताको भाषण
कति बेजोड छ
यो शहर अनि नगरमा
फोहोरको पहाड
अनि गन्धे चोक छ
बिजुली नभए के भो
तेल नभए के भो
सिङ्गो आयोजनाका रकम चपाउन सक्ने
अजङ्गका नेताहरू बस्ने
धर्ती लोक छ
भए सबै सोहोर्छ
नपाए कमजोरले बलियोलाई
सत्ताचुरले ठोक्छ
ओहो क्या छैन यहाँ
सबथोक छ ।
हाल, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x