सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दाह्री

Nepal Telecom ad

भारदारी, इज्जतदारी, भुवादारी, हावादारी,
इमानदारी, समझदारी, मुसेदारी, झुसेदारी,
कविदारी, रविदारी, सद्धामदारी, बाबुरामदारी,
बाकेदारी, पोकेदारी, बफादारी, सफादारी,
शिकारीदारी, भिखारीदारी, झप्पुदारी, लम्बुदारी,
तल दारी, माथी दारी, यता दारी, उता दारी,
जताततै दारी नै दारी । तर, खबरदारी,
कुनैकुनै चाहिँ इमानदारी,
नत्र सबै हावादारी ।

न यसको अवधि छ, न करार छ,
न कसैले नपाल भन्छ, न मन परा’छ ।
पहिलेका दारीवालहरू सबै ऋषिमुनि,
अहिलेका दारीवालहरू सबै सिसीमुनि ।

भोजबस्तीमा दही खानोस्, पहिला दाह्रीले नै खान्छ ।
मोजमस्तीमा म्वाइ खानोस्, पहिले दाह्रीले नै खान्छ ।
न भोक न तिर्खा भन्छ, न रुन्छ नक्कल पारी,
जता जानोस् सँगै जान्छ, कस्तो इमानदारी ।

नवकिशोर दाह्री मुसार्छ, दर्पणमा दशफेर हेर्छ,
दाह्री बढ्न थालेपछि बाउको बिहे देख्छ ।
दाह्री बढी पाल्यो भने कविता बर्सिने,
दाह्री काट्न गयो भने हजाम तर्सिने ।
माक्र्सवादी, लेनिनवादी, ऋषी, सन्त, महाराजदारी,
ठूला व्यक्तिको गालामा बस्ने, कस्तो इज्जतदारी ।

फुल्यो भने मेहँदी लाए कालो भइहाल्छ,
खौरिएर फाल्यो भने फेरि आइहाल्छ,
खाने मुखलाई दाह्रीले छेक्दैन,
नियालेर हे¥यो भने मुखै देख्दैन ।

अमेरिकी पञ्जावी चाइनिज न बिहारी,
दाह्री दाह्री नै हो जङ्गल र घारी
सोच्नुस् त केटीको नि दाह्री पलाए के होला ?
के हुनु बाख्रीले झैँ दाह्री हल्लाउँछन् होला ।
त्यही दाह्रीमा मानसम्मान इज्जत फेला पारी,
त्यही दाह्रीमा बूढीले कति लिखा मारी ।

दाह्री ले धनी गरिब केही भन्दैन,
जताततै पलाइदिन्छ, कुन ठाउँ हो? जान्दैन ।
भन्नुहोला दाह्री एउटै हो, के गर्छ सेतोले, के गर्छ कालोले,
दाह्री कालो भएरै हिजो दुईटा स्वास्नी ल्यायो सालोले ।
दारीजुँगा के हो कसरी बचाउने कुरो बुझ्या खोई ?
दाह्री फोहर भएरै तल्लाघरे कान्छाको बुढी पोइल गई ।

धक्कु लाउँछ ऊ सदनमा मेरो लामो क्रान्तिकारी दाह्री,
थाहा छैन दाह्रीभित्र कति छन् जुम्रा ढाडी ।
नेताले चुनाव हारे कार्यकर्ता कुटे,
झुसे दाह्री देखाएर लुट्नुसम्म लुटे ।
त्यो दाह्रीवाल जो बढी चुरोट सल्काउँछ,
कुन दिन उसले चुरोट हैन दारी सल्काउँछ ।

टाउकोमा कपाल छैन, च्याप्पुतिर सरी,
गाला सबै चाउरीसक्यो लामालामा दाह्री ।
झगडामा बाबु कपाल भुत्ल्याउने, आमा तान्छिन् दाह्री ।
छोरो हेर्छ टुलुटुलु हाँस्छ मरीमरी ।

मैले सोधेँ दाइ दाह्री सेभ गर्नुपर्दैन ?
उसले भन्यो दाह्री ? सेभै त छ नि, डिलिट पो ग¥या छैन ।
न लाग्छ सही जिन्दगी, न लाग्छ गलत,
के गर्नु भाइसाप यस्तै छ मेरो हालत ।

महिलाको पहिचान सिन्दुर पोते र सारी,
पुरुषको पहिचान उहि त हो नि जुँगा र दाह्री ।

भारदारी, इज्जतदारी, भुवादारी, हावादारी,
इमानदारी, समझदारी, मुसेदारी, झुसेदारी,
कविदारी, रविदारी, सद्धामदारी, बाबुरामदारी,
बोकेदारी, पोकेदारी, बफादारी, सफादारी,
शिकारीदारी, भिखारीदारी, झप्पुदारी, लम्बुदारी,
तल दाह्री, माथि दाह्री यता दाह्री उता दाह्री,
जताततै दाह्री नै दाह्री तर, खबरदारी,
कुनै–कुनैचाहिँ इमानदारी,
नत्र सबै हावादारी ।
चारघरे, नुवाकोट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल